Admission Open

संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन

काठमाडौँः संस्कृति इन्टरनेसनल स्कुलले जुन ५, २०२३ मा विश्व वातावरण दिवसको उपलक्ष्यमा सचेतना फैलाउन पदयात्रा
( वाकाथन) आयोजना गरेको थियो । कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन सदस्यहरू र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

वातावरण संरक्षणको वकालत गर्दै यस वर्षको “प्लास्टिक प्रदूषण रोकौँ“ भन्ने नारालाई मूल मर्म बनाउँदै शक्तिशाली सन्देशसहितका ब्यानर र पोस्टर बोकेर सबै हिँडेका थिए । यो मनमोहक प्रदर्शनले दर्शक र यात्रुहरूको ध्यान खिच्यो । उनीहरूलाई वातावरण संरक्षणमा आफ्ना भूमिका प्रतिबिम्बित गर्न यसले सहयोग पु¥यायो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...