Admission Open

चितवनमा बस दुर्घटना : २१ जना घाइते, एक जनाको अवस्था गम्भीर

काठमाडौँ, १६ जेठ : पृथ्वी राजमार्गअन्र्तगत चितवन इच्छाकामना गाउँपालिका-५ पानीधारामा मंगलबार दिउँसौ पौने ४ बजेतिर बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेजमा, तीन जनाको कुरिनटारको स्थानीय अस्पतालमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...