Admission Open

टिकापुरलाई हराउँदै गोदावरीले जित्यो उपाधि

[ कैलाली प्रीमियर लिग अन्तरपालिका टी-२० क्रिकेट ]

काठमाडौँ, १४ जेठ : कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा जेष्ठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेलमैदानमा सञ्चालनमा रहेको कैलाली प्रीमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिता २०८० को फाइनल खेलमा गोदावरी नगरपालिकाले टिकापुर नगरपालिकालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ ।

शनिबार भएको खेलमा टिकापुर नगरपालिकाले टस जित्दै ब्याटिङ गरेको थियो । टिकापुर नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा ८६ रनमात्र जोड्न सक्यो । ब्याटिङतर्फबाट टिकापुर नगरपालिकाका लागि यादव साउँदले २८ बलमा सर्वाधिक २१ रन बनाउँदा रक्षित बमले ३२ बलमा १३ रन तथा सञ्जय रावलले ११ बलमा १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् ।

बलिङतर्फ गोदावरी नगरपालिकाका लागि सुशील साउँद र सन्तोष कार्किले समान ३र३ विकेट लिएका थिए । खेलमा फिर्दोष अन्सारी २ विकेट लिन सफल भए ।

८७ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गोदावरी नगरपालिकालेले निर्धारित २० ओभरको खेलमा १५।१ ओभर खेल्दै ५ विकेटको क्षती ८७ रन बनाउन सफल हुँदै प्रतियोगिताको उपाधी हात पारेको हो । गोदावरी नगरपालिकाका लागि फिर्दोष अन्सारीले ३४ बलमा अविजित सर्वाधिक २३ रन बनाउँदा सैलेश कठायत १८ बलमा २० रन तथा दिपेश कडेँलले १२ बलमा अविजित १७ रन बनाएका थिए ।

बलिङतर्फ टिकापुर नगरपालिकाका लागि पारस तिमिल्सिनाले ३ ओभरमा २५ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल भए पनि आफ्नो टोलिलाई उपाधी दिलाउन सकेनन् ।

फाइनल खेल गोदावरी नगरपालिकाले ५ विकेटले जित्न सफल भएको हो । उक्त खेलमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्नसफल गोदावरी नगरपालिकाका खेलाडी फिर्दोष अन्सारी मालिकार्जुन हार्डवेयर म्यान अफ दी म्याच घोषित हुँदै नगद एकहजार साथै ट्रफी हात पार्न सफल भए ।

विजेता गोदावरी नगरपालिकाले एक लाख एकाउन्न हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता टिकापुर नगरपालिकाले पचहत्तर हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन पुगेको छ ।

टिप्पणिहरु
Loading...