Admission Open

आज दोहोरो अङ्कले बढ्यो नेप्से : कारोबार रकममा पनि बृद्धि

[ नेप्से करिब साढे २३ अंक बढेर बन्द ]

काठमाडौँ, ३ जेठ : आज बुधबार नेप्से परिसूचक दाहोरो अङ्कले उकालो लागेको छ । बजार करिब ८६ करोडको कारोबार गरेर साढे २३ अंक उकालो लागेर बन्द भएको छ। मंगलबार पनि करिब साढे ३ अंक बढेर बन्द भएको थियो । लामो समयदेखि निरन्तर ओरालो लागेको बजार लगातार दास्रो दिन उकालो लागेको हो ।

आज नेप्से परिसूचक २३/३९ अंक बढेर १८४५/०१ विन्दुमा पुगेको छ भने यस दिन सेन्सेटिभ इण्डेक्स ४ अंक बढेको छ । त्यस्तै फ्लोट इण्डेक्स १/६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १/२० अंक बढेको देखिएको छ। बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै उपसूचकहरु उकालो लागेका छन ।

अघिल्लो कारोबार दिन ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६६ स्टकको २५ हजार ६३४ पटकको कारोबारमा ८५ करोड ७६ लाख रुपैयाँ बराबरको २५ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २।३७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...