Admission Open

‘तिमी जाने भट्टितिर’ : जन्मदिनको अवशरमा (पल्पसा डँगोल) चम्सुरीले ल्याईन नयाँ गीत

काठमाडौं : हास्यव्यङ्ग्य अभिनेत्री पल्पसा डँगोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ को भिडियो बजारमा ल्याएकी छिन् । मृगौला फेरेर नयाँ जीवन पाएकी यी कलाकारले यो नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ ल्याएकी हुन् ।
बुद्धपूर्णिमा तथा आफ्नो जन्मदिनको अवशर पारेर पल्पसाले यो गीतको भिडियो दर्शकमाझ ल्याएकी हुन् । उनको जन्मदिनको केक काट्दै काठमाडौँमा एक समारोहबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मुलरीधर, किरण केसीसहित दीपाश्री निरौला, आनन्द कार्की, केदार घिमिरे (माग्ने बुढा)लगायतले उनको यो गीतको विमोचन गरेका हुन् ।
बिमोचनपछि कलाकार मदनकृष्ण श्रेष्ठले त पल्पसालाई अहिलेको अवस्थामा देख्दा नयाँकाम गर्न आपूmलाई अझ धेरै प्रेरणा मिल्ने गरेको बताए । समारोहमा सबैले पल्पसालाई जन्मदिनको शुभकामना दिँदै भने, नयाँजीवन पाएकोमा अझ धेरै प्रगति देख्न पाइयोस् ।
कार्यक्रममा बोल्दै उनले बताएकी छिन् रक्सीको लतमा लागेका श्रीमानलाई सुधार्ने यो सन्देशमुलक गीत ल्याएकी हुँ । आफ्नो स्वर ठिकै भएपनि गीतबाट केही दिन सकिन्छकी भन्ने चाहनाले यो गीत जन्मेको पल्साले बताईन्,‘भाइले मृगौला दान गरेपछि बोनसमा पाएको यो जीवनमा धेरै भन्दा धेरैं काम गर्नु छ । त्यसैले जन्मदिनको अवशर पारेर यो नयाँ गीतबाट नयाँ कामको थालनी गरेकी हुँ ।’ कलाकार पल्पसाले बिमोचन समारोहमा भनिन् ।
नयाँ गीत उनले आफ्नै अफिसियल युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । जसमा पल्पसासँगै राजु भुजु, मञ्जु श्रेष्ठ, आरके मानन्धर, सुनिता श्रेष्ठ ठाकुरको अभिनय छ । दुर्गा पौडेलले खिचेको यो भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका हुन् । रमेशराज भट्टराईको शब्द संगीत रहेको यो गीतको भिडियो पल्पसा आफैंले निर्देशन गरेकी हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...