Admission Open

ad place

धुलिखेल अस्पताललाई रोटरीको सहयोग

काठमाडौं : रोटरी क्लब अफ गोंगबु काठमाडौंले धुलिखेल अस्पताललाई ‘मोबाइल एक्स–रे तथा ईसीजी मेसिन’ उपलब्ध गराएको छ । ग्लोबल ग्राण्डअन्तर्गत युरोपियन स्टान्डर्डका उक्त मेसिन बुधवार अस्पताललाई हस्तान्तरण गरेको क्लबकी पूर्व अध्यक्ष कविता मानन्धरले जानकारी दिइन् ।

उक्त मेसिन क्लबले रोटरी क्लब अफ धुलिखेलसँगको समन्वय तथा अष्ट्रेलियाको रोटरी क्लब अफ पोर्ट म्याक्यूरी र रोटरी डिस्ट्रिक्ट ९६५० को सहयोगमा उपलब्ध गराइएको उनले बताइन् ।

बिरामीको चाप धेरै हुने र आकस्मिक रूपमा एक्स–रे सुविधा दिन गाह्रो भएको बेला मोबाइल एक्स–रे र इसीजी मेसिनले धेरै सहयोग पुग्ने अस्पतालका रेडियोलोजिस्ट प्रमुख प्रो।डा।सुपेन्द्र कार्कीले बताए । ‘वार्डबाट बिरामीलाई एक्स–रे रुमसम्म पुराउन गाह्रो हुने समस्या थियो, पोर्टेवल एक्स–रे मेसिन भएपछि बिरामी भएकै ठाउँमा पुगेर एक्स–रे सेवा दिँदा अब सेवा थप प्रभावकारी बन्छ,’ उनले भने ।

हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष रन्जिव श्रेष्ठ, रोटरी क्लब अफ गोंगबुकी पूर्व अध्यक्ष कविता मानन्धर, सचिव अनुज श्रेष्ठ तथा अस्पतालका रेडियोलोजिस्ट विभाग प्रमुख डा। सुपेन्द्र कार्की लगायतले मन्तव्य राखेका थिए ।

टिप्पणिहरु
Loading...