Admission Open

“तिमीलाई हेरी हेरी” गीत बिवादमा ? आखिर के भएको हो ?

काठमाडौँ  : हिजो मात्र सार्वजनिक गरिएको मेरो गीत “ तिमीलाई हेरी हेरी ” मैले आफ्नो youtube channel मा सार्वजनिक गरेको छु | सार्वजनिक गरेको लगतै धेरैले मलाई सुबानीको गीत हो भनेर वहाँको गीतको link पठाउनु भएको छ | एस्को वास्तविकता के हो यहाँहरु माझ स्पष्टिकरण गर्न चाहन्छु |

सुबानी मोक्तानले गाएको अहिलेको चर्चित गीत ‘बानी’ मैले चार वर्षअघि यसका संगीतकार कमल खत्रीबाट किनेको हुँ । मैले ‘तिमीलाई हेरि हेरिरहने बानी परेछ’ भन्ने त्यही हुकलाइन भएको गीत गाएको छु । यसको भिडियो पनि हामीले दुइ वर्ष पहिला नै बनाएका थियौँ । म गीत बिरलै रिलिज गर्ने मान्छे भएकाले यसलाई पनि रिलिज गर्ने समय पर्खिरहेको थिएँ ।
सुबानीले गाएको गीतको हुकलाइन र मलाई बेचिएको गीतको हुकलाइन एउटै छ । तर त्यसलाई राख्ने भनेर मलाई सोधिएन । यो गीत नै मैले किनेको भएकाले त्यसमा भएको हुकलाइन पनि मेरो सम्पती हो ।
वहाँ हरु सबैलाई यो गीत मेरो हो भन्ने थाहा थियो । तर त्यति थाहा हुँदाहुँदै पनि मेरो अनुमति बिना त्यसलाई बनाएर रिलिज गर्ने हिम्मत कसरी आयो थाहा छैन ।
म माथि मात्र अन्याय भएको होकी सुबानी माथि पनि भनेर मैले सुबानीलाई call गरेर सोध्दा वहाँ ले मेरो गीत को arranger रिकेश गुरुङ ले मेरो गीत सुनाएको र यो मान्छे ले गाउदैन भनेर दिएको भन्नु भयो | कुनै स्टुडियो मा arrange गर्न दिएको गीत अरु लाई सुनौदै दिन्छ भने हामीले कसरी ढुक्क का साथ् आफ्नो गीत arrange गर्न दिन सक्छौ ? रिकेश ले पहिले पनि मेरो गीत “ Relimai” मा त्यस्तो हर्कत गरिसकेका छन् |
मैले आफूले किनेको त्यो गीत अहिले निकालेपछि धेरैले मलाई यो सुबानीको गीत पो हो भनिरहेका छन् । तर यो त मेरो आफ्नै गीत हो । उनीहरूले त्यो गीत निकाल्नुभन्दा पहिला अनि निकालेपछि पनि मलाई केही पनि जानकारी गराएनन् ।
के भइरहेको हो मलाई ठ्याक्कै थाहा छैन । तर म माथी अन्याय भयो कि भन्ने लागिरहेको छ । उनिहरुले मलाई मिल्न भनिरहेका छन् । गीत निकाल्नुभन्दा पहिला नै भनेको भए कुरा अर्कै हुन्थ्यो । तर अहिले भन्नुको खासै अर्थ छैन । त्यसैले पनि उनीहरूले भनेको मानेर नेपाली संगीतको व्यवसायीकतामा अर्को गल्तीलाई ढाकछोप गरौँ कि यसको कानूनी उपचार खोजेर भोलिको दिनमा यस्तो हुने अवस्था नआउने बनाउँ, म अलमलमा छु ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...