Admission Open

ad place

नेपाल टेलिकमले ल्यायो आईसीटी डे अफर : ४९ रुपैयाँमा १०० मिनेट भ्वाइस सेवा

काठकाडौं : नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर (ICT Day Offer) अफर उपलब्ध गराएको छ । सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हाे । यो अफर यही बैशाख १७ गते देखि प्रारम्भ भएको छ र आगामी बैशाख १९ गते सम्म लागु हुने कम्पनीलले जनाएको छ ।

सो अवसर अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...