Admission Open

नेपालले रच्यो इतिहास : ऐतिहासिक ३१० रन बनाएर ओमानलाई दियो ३११ रनको लक्ष्य

काठमाडौं, ८ वैशाख : नेपालको कीर्तिपुर खेल मैदानमा भईरेहको एसीसी प्रिमियर कप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानबिरुद्ध लक्ष्य खडा गरेको छ । ओमानले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
कुशल मल्लको १०८ रनको सतकीय प्रहार र सोमपाल कामीको बिस्फोटक ब्याटिङको मद्दतले नेपालले अहिलेसम्मकै धेरै ३१० रनको स्कोर बनाउँदै विशाल योगफल बनाउन सफल भएको छ ।
शुरुका दुई ब्याट्समेनहरु कुशल भुर्तेल र आशिफ शेखलाई सुन्नारनमा गमाउन पुगेको नेपालको शुरुवात एकदमै खराब देखिएको थियो तर भिम सार्की र रोहित पौडेलले खेललाई सम्हाल्ने प्रयाश गरे भने ३१० रनको ऐतिहासिक रन बनाउने क्रममा सोमपालल नटआउट ६३ र करण केसीले २९ रन बनाए ।

त्यसैगरी आज कुशल मल्लले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । १९ वर्षीय कुशलले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

नेपालले निर्धारित ५० ओभरको खेलमा आठ विकेट गुमाएर ३१० रनको योगफल बनाउन सफल भएको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...