Admission Open

एनआरएनएको अरनिको अन्तर्राष्ट्रिय पुरष्कार ‘रुइबा’ उपन्यासलाई

काठमाडौँ  : गैरआवासीय नेपाली संघअन्तर्गत भाषासाहित्यसंस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको छ ।

आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उपन्यासकार आचार्यलाई पुरस्कार प्रदान गर्नु भएको हो। यो पुरस्कारमा २ लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।

धादिङको रुबी उपत्यकामा जन्मे–हुर्केकी एक तामाङ युवती लागूपदार्थ ओसार्ने भरियाको रुपमा प्रयोग भएकी र यी युवती अहिले चीनको कारागारमा थुनिएको कथानकमा स्वैरकल्पना मिसाएर पत्रकार आचार्यले लेखेको ‘रुइबा’ले यसपटक अरनिको अन्तर्राष्ट्रय पुरस्कार पाएको हो ।

समारोहमा राष्ट्रपति पौडेलले नेपालका विभूति अरनिकोको नाममा स्थापित यो पुरस्कारले नेपाली कला–संस्कृति र सभ्यताको गौरव बढाएको बताउनु भयो । लेखक आचार्यले आफूले ७ वर्ष लगाएर लेखेको उपन्यास ‘रुइबा’ले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पाएकोमा कृतिको सही मूल्यांकन भएको बताउनु भयो ।

समारोहमा भाषासाहित्यसंस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापाले एनआरएनले देशमा लगानी र आर्थिक अवसरमात्रै भित्र्याउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषा–साहित्यमा उत्प्रेरकको कामसमेत गर्ने धारणा राख्नु भएको थियो ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालकै पहिलो गैरआवासीय नेपाली अरनिकोको नाममा राखिएको यो पुरस्कारले नेपाल–नेपालीको पहिचानलाई थप बढाएको बताउनु भयो। कार्यक्रममा एनआरएनए अर्का अध्यक्ष कुल आचार्यले सम्मानित व्यक्तित्वलाई बधाई दिदै सम्माननीय राष्ट्रपतिज्यू प्रति आभार प्रकट गर्नु भयो ।

कार्यक्रममा सचिब गोबिन्द गौतमअमेरीका क्षेत्रका संयोजक राम.सि पोखरेलएनसीसी रसिया अध्यक्ष शिवमणी भुर्तेलनिर्मला अधिकारी (चीन)देवेन्द्र भट्टराई (कान्तिपुर दैनिक)रमेश पौडेल (रेडियो नेपाल)रमेश दाहालभगवती बस्नेत (इजरायल)दीपक कर्ण (नाइजेरिया)नरेश कोइराला (क्यानडा)जीवन बम (अमेरिका)प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको उपस्थिति थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...