Admission Open

नीति निर्माणमा युवाको सार्थक सहभागिता आवश्यक छ

जहाँ र जुन ठाउँमा युवाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित हुन पर्ने हो त्यो हुन सकिरहेको देखिदैन : कमल ढकाल

देश विकास र समृद्धिका लागि युवा सर्वाधिक सक्रिय, उर्जावान र गतिशील समूह हो । देशको प्राण हो, अक्सिजन हो । प्रयाप्त अक्सिजन भएन भने प्राणीहरुको मृत्यु भएझैँ प्रयाप्त युवाबिनाको देश मरेतुल्य हुन्छ । नेपालको जनसंख्याको लगभग ४० प्रतिशतभन्दा बढी संख्यामा रहेका युवाशक्ति बिदेश पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा महत्त्वपूर्ण र जटिल चुनौती हो । युवाशक्ति रोक्न राज्यको बागडोर सम्हालेर बसेका शक्तिहरु नराम्रोसँग चुकेको प्रष्ट भएको छ । हाम्रो जस्तो देशमा युवाहरुलाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिक हुने अवसर राज्यले सृजना गर्नु पर्दछ । विश्वका कुनैपनि देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिहरुको अहम र निर्णायक सहभागीताका कारण परिवर्तन संभव भएको हो भन्ने कुरा मुल नेतृत्वले भुल्नु हुदैन ।

# कमल ढकाल 

सामाजिक, आर्थिक, राजनीतिक परिभाषामा
युवा सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, श्रृजनशिलता र गतिशिलताका परिचायक, देश विकासका पर्याय, समाज रुपान्तरणका लागि आवश्यक व्यक्ति, अन्याय, अत्याचार, शोषण, दमन र विभेदका विरुद्धमा आवाज घन्काउन सक्ने सचेत जमात, देश विकास र समृद्धिको संकेन्द्र नै खास युवा हुन।

नेपाल राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० वर्षको वर्ग समूहलाई युवा मानिन्छ। संसारमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र समुदायका आआफ्नै संस्कृति र रीतिरिवाजहरु छन्। विश्वभरका देशहरूलाई हेर्ने हो भने आफ्नो देशको विकासको अवस्थालाई हेरेर फरक फरक उमेर समूहलाई युवा मानिएको छ। साक्षरता प्रतिशत, औसत आयु र कुल ग्राहस्थ उत्पादन जस्ता सूचकांकले त्यो देशको विकासलाई मुल्यांकन गर्न सकिन्छ ।

सामान्य अर्थमा भन्नु पर्दा व्यक्तिलाई उमेरसमूहका आधारमा गरिने पहिचान वा बाल्यावस्था पार गरिसकेका उमेर समूह र प्रौढावस्थामा टेकिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ। युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको संवाहक बन्ने सामर्थ्य लुकेको हुन्छ।

हाम्रो जस्तो विकासको फड्को मार्दै गएको मुलुकमा युवाहरु अझैसम्म पनि राज्यको नीति निर्माण तहमा र निर्णय प्रक्रियामा पुग्न सकिरहेका छैनन् । जहाँ र जुन ठाउँमा युवाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित हुन पर्ने हो त्यो हुन सकिरहेको देखिदैन । यसले पनि युवाहरु निराश बन्दै विदेशिने गरेको पाइएको छ । देशले कोभिड(१९ लगायतका कतिपय विपत्तिहरुको सामना गरिरहँदा नेपाली युवाहरु स्वस्फुर्तरुपमा उद्दारमा जुट्न र राहतमा परिचालित हुनु पर्नेमा, दुर्भाग्य राजनैतिक लडाईँमा मात्रै उपयोग भइरहेको देखिन्छ । देशमा आइपर्ने समस्याहरुको पहिचान गरी उक्त समस्याहरुको समाधान गर्नका लागि युवाशक्ति परिचालनको गतिलो व्यवस्थापन कार्य अवलम्बन गर्न नसक्दाका कारण युवा विदेशिनु बाध्यता जस्तै बनेको छ।

सार्वजनिक जनगणनाअनुसार देशमा १९।२ प्रतिशत युवाहरु पूर्णबेरोजगार रहेको देखिन्छ । ३६ प्रतिशतभन्दा बढी युवाहरू अर्धबेरोजगार छन् भने प्रत्येक वर्ष ४ लाख ५० हजार युवाहरु श्रम गर्न सक्षम हुँदै श्रम बजारमा प्रवेश गर्छन् । यो तथ्यांकले नेपालमा युवा बेरोजगारको संख्या अत्यधिक बढिरहेको देखिन्छ । यो युवा शक्तिलाई उपयुक्त रोजगारमा संलग्न नगराउने हो भने देशमा सामाजिक आर्थिक समस्याहरु निकै बढ्नेछ्न । यसले देश विकास र देशको समृद्धिमा ठूलो धोका हुनेमा संका छैन । रोजगार हुन या बेरोजगार वा वैदेशिक रोजगारका लागि बिदेश पलायन भएका युवाहरुनै किन नहुन ती सबै युवाहरुलाई देशमै जम्मा गराउने र योजनाहरु निर्माण गर्ने, अनुभवहरु साटासाट गराउने, युवाहरुबाट नै कसरी युवाहरुलाई रोजगारमा लगाउन सकिन्छ भन्ने सूचना प्राप्त वातावरण बनाउनका लागि विभिन्न विषयमा समीक्षा तथा मूल्यांकन गर्ने स्थान र वातावरणको टड्कारो खाँचो भएको छ।

युवाहरूलाई व्यवस्थापनका लागि बैज्ञानिक योजना निर्माणकार्यलाई प्राथमिकता दिएर वर्तमान राजनीतिक नेतृत्व र सरोकारवालाहरु बुद्धिमतापूर्वक नलाग्ने हो भने देशको सुदुर भविश्य अन्योलपूर्ण हुने देखिन्छ ।
युवा नरहेको, वृद्ध नभएको मानिस कोही पनि छैन । यो प्राकृतिक प्रक्रिया हो तर सवाल हामी युवा रहँदाको समयमा आउने भावी पुस्तालाई कस्तो खालको सन्देश दिन योग्य काम गरियो भन्ने हो । विश्वमहामारी कोभिड(१९ को कारण आज विश्व आर्थिक, सामाजिक, राजनैतिक अवस्था थिलथिलो भएको छ । यस्ता समस्याका कारण देश विकास धिमागतिमा छ । यस्तो संकटपुर्ण अवस्थामा युवामैत्री नीतिनियम बनाएर युवाहरूलाई देशमानै रहन सक्ने परिस्थिति बनाइएन भने हाम्रा गाउँहरु मरुभूमिमा परिणत हुनेवाला छन । युवाशक्तिबिनाको देश मणी हराएको सर्प जस्तै हुन्छ । पानी बिनाको माछा जस्तै हुन्छ । बासनाहीन फूल जस्तै हुन्छ । हामी देशलाई विकास र समृद्धिको रोडम्याप बनाएर अगाडि बढाउँछौँ भने युवा जनशक्ति पलायनलाई रोक्ने उपयुक्त दीर्घकालीन योजनाको आवश्यकता छ । यो योजना बनाउन हामी पछि परियो भने गाउँ बस्तीहरुमा परेका बिरामीको उपचारसमेत हुन सक्ने छैन । गाउँगाउँमा मृत मानिसका पार्थिव शरीरहरु उठाएर घाटसम्म लाने मानिसहरुको पनि अभाव हुन सक्छ । लासहरु जहाँको त्यहीँ कुहिन र गन्हाउन बेर छैन । त्यसले देशमा आतंक फैलिने सक्ने संकेतहरु देखिदैछ कारण दैनिक ६०० जना भन्दा बढी युवाले वैदेशिक रोजगारको भिषा लिएर अन्तर्राष्ट्रिय विमान स्थलमा लाइन लागेको देखिन्छ । त्यति मात्रै होइन दिनहुँ नयाँ पासपोर्ट बनाउनेको भिड मध्यरातीदेखि लामबद्ध बसेको देख्दा देशमा अझै बिकराल स्थिति नआउला भन्न सकिन्न ।

बहुदलीय लोकतान्त्रिक परिपाटीमा जुनसुकै पार्टी र विचारको भए पनि युवा भनेका सबैका साझानै हुन। युवाशक्ति देशको सम्पत्ति हो । युवाले बोक्ने एजेण्डा सिंगो देशसँग जोडिएको हुनु पर्छ र देशले बनाउने एजेन्डा युवामैत्री हुनुपर्छ । युवाहरूलाई जीवन निर्वाह गर्न सक्ने, आफ्नो माटो सुहाउँदो दिगो र भरपर्दो योजना राज्यले तुरुन्तै ल्याउनु पर्छ । यस्तो योजना बनाउनेतर्फ सरकार, दल र सरोकारवालाहरु नलाग्ने हो भने १० वर्षपछि देश जंगलमा परिणत हुनेछ ।

देश बिकासका लागि चाहिने युवा शक्तिको यो ओरालो

यात्रा आफैँ जटिल त हुँदै हो यसलाई नियन्त्रण गर्ने काममा दलहरू नलाग्ने र युवाहरुलाई आफ्नो झण्डा र झोला मात्र बोकाउने हो भने उनीहरु कङ्गालिकरण उन्मुख हुने छन् । उनीहरुमा बैराग्यता उत्पन्न हुनेछ, निराशा, कुन्ठा र आक्रोशको जन्म हुनेछ । यस्तो अवस्था आउँदा देशप्रति विश्वास घट्ने छ र बिद्रोहको अर्को राँको सल्कन थाल्ने छ ।

बहुदलीय लोकतान्त्रिक परिपाटीमा जुनसुकै पार्टी र विचारको भए पनि युवा भनेका सबैका साझानै हुन। युवाशक्ति देशको सम्पत्ति हो । युवाले बोक्ने एजेण्डा सिंगो देशसँग जोडिएको हुनु पर्छ र देशले बनाउने एजेन्डा युवामैत्री हुनुपर्छ । युवाहरूलाई जीवन निर्वाह गर्न सक्ने, आफ्नो माटो सुहाउँदो दिगो र भरपर्दो योजना राज्यले तुरुन्तै ल्याउनु पर्छ । यस्तो योजना बनाउनेतर्फ सरकार, दल र सरोकारवालाहरु नलाग्ने हो भने १० वर्षपछि देश जंगलमा परिणत हुनेछ । युवा पुस्ता अलि बढी गम्भीर बनौँ युवाहरु न पुरै नेपाली बन्न सकेका छौँ न विदेशी नै । फरक संस्कार र संस्कृतिको द्वन्दभित्र रुमलिएका छौँ । विषयबस्तुप्रतिको गम्भीरता र अध्ययनसिलतामा हामी चुक्दै गएका छौँ । पुस्तान्तरणको बिचको स्वार्थको द्वन्द त छँदै छ । यस्तो विरोधाभास परिस्थितिले निम्त्याउने परिणाम बारे हामी सचेत हुन जरुरी छ । युवाहरूलाई एकताबद्व बनाएर देश विकासमा लगाउन उसको गाँस, बास, कपाल र युगान्तकारी आवश्यकतालाई संबोधन गर्ने खालको उपयुक्त योजना राज्यले बनाउनुपर्छ ।

अहिलेसम्मको लोकतान्त्रिक नेतृत्व युवाको चाहना र भावनामा रहेन । युवा सहभागीताको सन्दर्भमा समाज उदार भएको देखिदैन । युवाहरुको बिचार र आवश्यकतालाई संबोधन गर्न भन्दा सत्तालाई प्रमुख प्राथमिकता दिएर हिड्ने गरेको कुरालाई कसैले नाई भन्दैन । रहे/भएका युवा मैत्री योजनाहरुको कार्यान्वयनमा पनि नेतृत्वको प्राथमिकतामा परेको छैन । दलहरूले युवा शक्तिलाई अहिले आफ्नो आपसी पाटीमा संगठित गरिरहेका छन किनभने युवा शक्तिनै दलका सबैभन्दा शक्तिशाली संगठन हो । जो कसैलाई पनि युवा शक्ति चाहिन्छ नै तर अहिले पार्टीमा चलिरहेको चरम द्वन्दमा रोक्न हस्तक्षेपकारी भूमिकामा युवाहरु आउन आवश्यक छ । दलका पुराना नेतृत्वलाई ससम्मान अभिभाबकीय भूमिकामा राखेर बफादार सिपाहीको रुपमा आफूलाई उभ्याउनु पर्ने अवस्थामा युवामा जिम्मेवारी आएको छ।

ठूला राजनैतिक दलका युवा संगठनहरु आफ्नो अस्तित्व रक्षाको सवालमा माउदलसँग नै संघर्षरत भएको कुरा जगजाहेरनै छ । यस्तो परिस्थितिमा युवाहरुका एजेण्डा स्थापित गर्न र बुर्जुवा नेतृत्व विस्थापित गर्नका लागि मुलरूपमा राजनैतिक युवाशक्ति तयार नभएसम्म त्यही नेतृत्वको भक्तिगानमा रमाउने, पुरानो नेतृत्वको चाकरी गर्ने र उसैको आहालमा डुब्ने हो भने देश अध्यारोमा फस्ने निश्चित प्रायः छ ।

देश विकास र समृद्धिका लागि युवा सर्वाधिक सक्रिय, उर्जावान र गतिशील समूह हो । देशको प्राण हो, अक्सिजन हो । प्रयाप्त अक्सिजन भएन भने प्राणीहरुको मृत्यु भएझैँ प्रयाप्त युवाबिनाको देश मरेतुल्य हुन्छ । नेपालको जनसंख्याको लगभग ४० प्रतिशतभन्दा बढी संख्यामा रहेका युवाशक्ति बिदेश पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा महत्त्वपूर्ण र जटिल चुनौती हो । युवाशक्ति रोक्न राज्यको बागडोर सम्हालेर बसेका शक्तिहरु नराम्रोसँग चुकेको प्रष्ट भएको छ । हाम्रो जस्तो देशमा युवाहरुलाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिक हुने अवसर राज्यले सृजना गर्नु पर्दछ । विश्वका कुनैपनि देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिहरुको अहम र निर्णायक सहभागीताका कारण परिवर्तन संभव भएको हो भन्ने कुरा मुल नेतृत्वले भुल्नु हुदैन । अर्कोतिर पाटी वा कुनैपनि किसिमको नेतृत्वको छनौट गर्दा क्षमता, भिजन, र योजनाका आधारमा जबसम्म गरिदैन, तबसम्म युवाहरुले बैधानिकतापूर्वक र न्यायपूर्ण ढंगले आफ्ना मुद्दासहित शान्तिपूर्ण बहस र संघर्ष जारी राख्नु आवश्यक छ । अन्यथा जुलुस र आन्दोलनमा मात्र युवाहरुको उपस्थिति देखाउन लाग्ने हो र दल र देशको नेतृत्व युवाहरुको ब्यबस्थापनका लागि खास योजना बनाउन नलाग्ने हो भने समाज बिकासको यात्रा पनि ओरालो लाग्नेछ ।युवा शक्तिलाई राम्रोसँग परिचालन गर्न नसक्दा राज्यले परिवर्ततको गति लिन सकेको छैन । यस्तै परिणाम हामीले भोगिराखेका छौँ । युवालाई राज्यको मुलप्रवाह र प्रकृयामा समावेश गर्न नसकेका कारण राष्ट्रले युवा उर्जा र प्रतिभाबाट बिमुख हुनुपरेको छ । रहे भएका युवाहरु पनि विकासमा नलागी कुलत, विकृति, द्वन्द्व र अस्थिरतामा फस्ने खतरापूर्ण अबस्था आएको छ।

समकालीन अवस्थाको विश्लेषण गर्दा सार्वजनिक नीति निर्माणमा युवाहरुको सार्थक सहभागिताको आवश्यकता टड्कारो छ । आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक पक्षको आमूल सुधारमा युवाहरुको सहभागीता झन् खाँचो छ । युवा समावेशीकरण, रोजगारी क्षमता वृद्धि र उद्यमशीलताको विकासका लागि स्थानीय तहले समेत उपयुक्त योजना बनाउनेतर्फ ध्यान दिन सकेको देखिदैन । हामी युवाले पनि सरकारले के दियो भनेर बिलौना गर्नु भन्दा पनि हामीसँग रहेको क्षमता राज्य बनाउनेतर्फ कति खर्च गरेका छौँ र प्राप्त उपलब्धिको उपयोग गर्न के प्रयत्न गरियो भन्ने कुरा युवाले पनि सोच्नै पर्ने अवस्था सृजना भएको छ।

जुनसुकै देशमा हुने हरेक प्रकारका परिवर्तनहरुमा युवाहरुको प्रमुख भूमिका रहँदै आएको छ । युवाशक्ति देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण संवाहक भएकोले सार्वजनिक नीतिचक्रका समग्र तहमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्नु जरुरी छ।

(लेखक-नेकपा एमाले खोटाङ जिल्ला कमिटी सचिवालय सदस्य हुन ।)

टिप्पणिहरु
Loading...