Admission Open

आज १७.७० अंकले बढ्यो नेप्से, १ अर्ब ३८ करोडको कारोबार

आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार

काठमाडौँ, १३ चैत्र : साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । आज सेयर बजार मापक नेप्सेपरिसूचक १७ दशमलव ७० अंकले बढेको छ । आइतबार नेप्से १७ दशमलव ७० अंकले बढेर १ हजार ९ सय ०६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज २६१ कम्पनीका ४३ लाख ८ हजार ६ सय ४५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार बराबरको रकम कारोबार भएको छ । आइतबार १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार नेप्सेपरिसूचक र कारोबार दुबै बढेको छ ।

कारोबारको आधारमा आज १६७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको सेयर मूल्य घट्नुको साथै ४ कम्पनीको सेयर मूल्य स्थिर रहयो ।

आज कारोबारको आधारमा सबै भन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । सो कम्पनीको ५ करोड ९० लाख बराबरको कारोबार भएको छ ।आज सुपरमाई हाइड्रो, कालिञ्चोक दर्शन लिमिटेड, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर सेयर १० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको सेयर १० प्रतिशत र जालपा सामुदायिक लघुवित्तको सेयर साढे आठ प्रतिशतले घटेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...