Admission Open

ad place

आजको विदेशी मुद्राको विनमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज अमेरिकी डलरको मूल्य बढेको छ ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९६पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५३ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८६ पैसा, जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ १५पैसा र बिक्री मूल्य १० रुपैयाँ २० पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३५ रूपैयाँ ०५ पैसा र बिक्री दर ३५ रूपैयाँ २१पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७४ पैसा र बिक्री दर २९ रूपैयाँ ८७ पैसा राष्ट्र बैंकले तोकेको छ ।

समग्रमा साताको पहिलो कारोबारको दिन आइतबार विदेशी मुद्राविनिमय दर धेरै जसो देशको बढेको देखिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...