Admission Open

तोलामा ८ सय बढ्यो सुनको मूल्य, चाँदीको भाउ स्थिर

काठमाडौँ, १० चैत्र : शुक्रबार सुनको मूल्य पुनः उकालो लागेको छ । बिहीबार एकैदिन तोलामा १२ सयले बढेको सुनको मूल्य आज पनि तोलामा ८ सय रुपैयाँले पुनः बढेको हो ।

तोलामा ८ सय रुपैयाँले बढेसँग शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ । हिजो तेजाबी सुन तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...