Admission Open

थाहा पाउनुहोस् आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ

काठमाडौं : मंगलबारको तुलनामा आज अमेरिकी डलरको मूल्य केही पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६पैसा रहेको छ। मंगलबारको तुलनामा बुधबार अमेरिकी डलर, बेलायती पाउण्ड र युरो सबै बढेको छ ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ६३ पैसा र बिक्री दर १६२ रुपैयाँ ३७ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको खरिद दर ८८रूपैयाँ ११ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५१ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९८पैसा र बिक्री मूल्य १० रुपैयाँ ०२ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ १२ पैसा र बिक्री दर ३५ रूपैयाँ २८ पैसा , कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०१ पैसा र बिक्री दर ३६ रुपैयाँ १८ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ५० पैसा र बिक्री दर २९ रूपैयाँ ६४ पैसा राष्ट्र बैंकले तोकेको छ ।

मंगलबारको तुलनामा विदेशी मुद्रादर सम्रमा हेर्दाखेरी आज अमेरिकी डलरसहित धरैजसो देशको पैसाको मूल्य बढेको देखिन्छ भने केही देशको पैसा स्थिर र केही देशको पैसा घटेको देखिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...