Admission Open

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७ चैत्र : सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य मंगलबार भने केही पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ। सोमबारको तुलनामा मंगलबार अमेरिकी डलर र युरो दुबै बढेको छ ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४१ रुपैयाँ १३ पैसा र बिक्री दर १४१रुपैयाँ ७७ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६१ रुपैयाँ९५पैसा रहेको छ ।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको खरिद दर ८८रूपैयाँ ३५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ७५ पैसा, जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०५ पैसा र बिक्री मूल्य १० रुपैयाँ ०९ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ १२ पैसा र बिक्री दर ३५ रूपैयाँ २८ पैसा , कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ४१ पैसा र बिक्री दर २९ रूपैयाँ ५४ पैसा राष्ट्र बैंकले तोकेको छ ।

सोमबारको तुलनामा विदेशी मुद्रादर सम्रमा हेर्दाखेरी आज अमेरिकी डलरसहित धरैजसो देशको पैसाको मूल्य बढेको देखिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...