Admission Open

युक्रेनको जीडीपी २९.२ प्रतिशतले घट्यो

काठमाडौँ : युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२२ मा २९.२ प्रतिशतले सङ्कुचित भएको छ ।

सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले देशको अर्थ मन्त्रालयले गरेको अनुमानलाई उद्धृत गर्दै मङ्गलबार सो बारे उल्लेख गरेको छ ।

आर्थिक गिरावटले उदासीन घरायसी उपभोग, लगानी गतिविधिमा गिरावट र रूस-युक्रेन द्वन्द्वको कारण निर्यात र आयात सञ्चालनमा नकारात्मक दबाबलाई प्रतिबिम्बित गरेको मन्त्रालयले जनाएको छ ।
गत वर्ष युक्रेनको जीडीपी  चौथो सत्रमा अपेक्षा गरेभन्दा राम्रो गतिशीलताका कारण ३०.४ प्रतिशतको प्रारम्भिक अनुमानित गिरावट भन्दा राम्रो थियो।  सार्वजनिक तथ्याङ्क अनुसार युक्रेनको वास्तविक जीडीपी सन् २०२२ को अक्टोबर-डिसेम्बरमा वार्षिक ३१.४ प्रतिशतले घटेको छ ।
यस महिनाको शुरुमा अर्थ मन्त्रालयले यस वर्षको देशको जीडीपी वृद्धि पहिले अनुमान गरिएको ३.२ प्रतिशतबाट १ प्रतिशतमा घटाएको छ। 
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...