Admission Open

झारफुकको बाहनामा कुटपिट गर्दा १४ वर्षिया बालिकाको मृत्यु

काठमाडौ : एक महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउछु भन्दै कुटपिट गर्दा एक बालिकाको मृत्यु भएको छ । ती महिलाले बालिकालाई भुईमा लडाई घोप्टो पारी बालिकाको शरीरमाथि चढी (बसी) हातमा घण्टी बजाउदै गालामा थप्पड हान्ने, आईज, आ देखिस, कति खान्छस, मेरो पावर देखिस भन्दै हातमा रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुईमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने, कपालमा समाई अनुहारको भागमा थुक्ने, खरानी खुवाईदिने र लछारपछार पारी कुटपिट समेत गरेको भिडियो प्रकाशन भएको फेला परेको इलाका प्रहरी कार्यालय लालझण्डीले जनाएको छ ।

त्यसपश्चात तत्काल उक्त झारफुक गरी सन्चो गराउछु भन्ने महिला र पीडित बालिकाको सम्बन्धमा अनुसन्धान गरी बुझ्दै जाँदा उक्त झारफुक गरी सन्चो गराउछु भन्दै कुटपिट गर्ने महिला जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. १० बस्ने वर्ष २२ की माता भन्ने सोनिया रेश्मी र पीडित बालिका जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. १० बस्ने वर्ष १४ की सिता ज्ञवाली रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

टिप्पणिहरु
Loading...