Admission Open

क-कसले पाए १० कित्ता ? बाँडफाँट भयो मोलुङ्ग हाइड्रोपावरको आइपीओ

काठमाडौँ, १९ फागुन : मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार २२ लाख ६४ हजार ६५५ कित्ता सेयर बाँडफाँड गरिएको हो ।उक्त आइपीओमा कुल आवेदक मध्ये २ लाख २६ हजार २६५ जनाले जनही १०/१० कित्ता सेयर हात पारेका छन् भने ५ जनाले भने ११/११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् ।

१२ लाख ११ लाख ९८ हजार ८६ जनाको हात खाली हुन पुगेकाे र ७ हजार ५ आवेदन रद्द भएको सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका मध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको  सनराइज क्यापिटलले जनाएको छ ।

टिप्पणिहरु
Loading...