Admission Open

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आजबाट

काठमाडौं : हिमालयन बैंक र सिभिल बैंकले आज फागुन १२ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्त गर्दै ‘हिमालयन बैंक लिमिटेड’ नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

एकीकृत कारोबारसँगै बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ, कुल निक्षेप २७४ अर्ब रुपैयाँ र कुल कर्जा लगानी २५० अर्ब रुपैयाँ पुग्नेछ । शाखा सञ्जाल पनि बढेर १८९ वटा पुग्ने बैंकले जनाएको छ ।

मर्जरसँगै हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सञ्चालकमा फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे बन्नेछन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका अशोक राणा रहनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...