Admission Open

नेपाली क्रिकेट टिमबाट हट्यो सन्दीपको नाम : सन्दीपको ठाउँमा प्रतिस जिसी

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले आइसिसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेलमा जाने खेलाडीको सूचीबाट सन्दीप लामिछानेलाई हटाएको छ ।

कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको स्रोतले बताएको छ ।

नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दै छ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्धा सर्वोच्च अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।

उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो ।

टिप्पणिहरु
Loading...