Admission Open

आत्मनिर्भर लघुवित्तको आइपीओ आजबाट बिक्री खुला

काठमाडौँ, ११ फागुन : आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आजबाट बिक्री खुला भएको छ ।कम्पनीले सर्वसाधारणका लागि २ लाख ३ हजार ३८० कित्ता सेयर कित्ता आइपीओ बिहीबारदेखी निष्काशन गरेको हो ।

प्रतिसेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर कम्पनीले निष्कासन गरेको छ ।यस आइपीओमा सर्वसाधारणले फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ ।

लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो ।

यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर निष्कासन गरिसकेको छ ।यस्तै, कर्मचारीहरुका लागि जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।आवेदकहरुले यस आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।

क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आइपीओलाई ‘केयर एनपी बी प्लस’ प्रमाणपत्र प्रदान गरेको छ ।

टिप्पणिहरु
Loading...