Admission Open

आज देशभरका स्वास्थ्य सेवा बन्द हुने

काठमाडौँ, २९ माघ : नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपतिको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले भोली सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।
‘२०७९ माघ २७ गते नेपाल चिकित्सक संघका आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा।जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठ्ठीजार्च गरी घाइते बनाएको घटनप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने काम भएको भन्दै संघले सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौ जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको जनाएको छ । गणतन्त्र नेपालमा यो वा त्यो बहानामा दुःख, सास्ती र अस्वभनीय कार्य सदाका लागि बन्द गर्न समेत संघले सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेको छ ।

शुक्रबार राष्ट्रपति भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडि प्रहरीले डाक्टर सिंह र अन्य स्वास्थ्यकर्मीमाथि लाठि चार्ज गरेको थियो ।

 

रासस
समीक्षा

NMA.jpg

 

टिप्पणिहरु
Loading...