Admission Open

बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरू नेपाली बजारमा

काठमाडौँ, २४ माघ : भारतको नम्बर एक वेरेबल ब्रान्ड बोटले नेपाल पोर्ट्फोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको छ । नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले  उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ ।

boAt Xtend Pro बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको AMOLED डिस्प्ले र ३० मिनेटको ASAP फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ। Xtend Pro ब्लुटुथ कलिङलाई इन-बिल्ट स्पिकर साथ आउछ।  यसमा एक डायल प्याड रहेको छ  जसमा  तपाइँलाई तपाइँको स्मार्टवाचबाट 10 ओटा सम्पर्कहरूलाई सेभ  गर्न र कल गर्न सक्नु हुन्छ । यो  स्मार्टवाच उच्चस्तारिय  जीवनशैलीका लागि बनाइएको छ र यसमा ७००+ Active मोडहरू रहेका छन्, वास्तविक-समयमा हृदय गति ट्र्याकिङ, सटीक SpO2 अनुगमन, र धेरै Watch Face हरू र थिमहरूलाई समर्थन गर्दछ। IP68 डस्ट र वाटर रेसिस्टेन्सको साथ, Xtend Pro धुलो र पानीको छर्राप्रति अत्यधिक प्रतिरोधी रहेको छ।

१.६९ इन्चको एच् डि कर्भ डिस्प्ले भएको यस boAt Wave Call मा ब्लुतुथ  कल गर्न सकिन्छ । १० दिन सम्मको ब्याट्री ब्याक अप भएको  यस स्मार्टवाचमा SpO2  र मुटु को धड्कन पनि ट्र्याक गर्न सकिनुको साथै  हाइड्रेसन अलर्ट पनि छ ।  त्यस्तै यसमा १० जना सम्मको कन्ट्याक्तहरु पनि सेभ गर्न मिल्छ । हरेक पहिरन संग मिल्ने boAt Wave Call १००+ Watch Face को साथ आएको छ।

एक्टिभ नोइज क्यान्सलेसन युक्त Airdopes 411 ANC ले  २५ डि बि  सम्मको बाहिरको वातावरणीय हल्लाहरुलाई शान्त गर्न सक्छ । 2 ENx इनेबल्ड माइकहरु भएको  Airdopes 411 ANC ले क्रिस्टल क्लियर कलिङ एक्स्पिरियन्स प्रदान गर्छ ।  १७.५ घण्टासम्मको  प्लेब्याक टाइम भएको यस डिभाइसमा बोट सिग्नेचर युक्त १०mm को ड्राइभरहरु पनि राखिएको छ । त्यस्तै बोट ए साप चार्ज मार्फत १० मिनेट मात्र चार्ज गर्दा पनि एक घण्टा सम्म चलाऊन सकिन्छ ।

यी नयाँ स्मार्टवाचहरू बाहेक, नेपालकालागि बोटको नयाँ लाइनअपमा Rockerz 235 V2 (नेकब्यान्ड), Airdopes 138, Airdopes 141, Airdopes 161 र Airdopes 181 पनि समावेश रहेका छन्। बोट सिग्नेचर साउन्ड् सहित उपलब्ध यी उत्पादनहरुको बिल्ड क्वालिटी पनि अत्यन्त उत्कृष्ट त छन नै साथै  यिनीहरुको मुल्य पनि सुपथ रहेको  छ ।

यसको बारेमा बोल्दै  टेलीटकका कार्यकारी निर्देशक श्री प्रतिक जलान ज्युले भन्नु भयो “हामीले नेपाली बजारमा बोटका उत्पादनहरुको लागि उच्च माग देखेका छौँ ।  त्यसैले हामीले एक्टिभ नोइज क्यान्सलेसन युक्त हियरेबल एक्सेसरिज र ब्लुटथ कलिङ युक्त बोट स्मार्टवाचहरु नेपालमा ल्याएका छौंँ । अहिले बजारमा सबै भन्दा लोकप्रिय ब्रान्ड नै बोट रहेको छ र हामीलाई आशा छ यी नयाँँ उत्पादनहरुले पक्कै पनि बजारमा एउटा नयाँँ माइल्स्टोनहरु सेट गर्नेछन्” ।

बोटको नयाँ उत्पादन हियरेबल र वेरेबलहरु नेपालभरका सबै रिटेल स्टोरहरूमा उपलब्ध रहेका छन् र यसको मूल्य यस प्रकार रहेका छन्।

  1. BoAt Xtend Pro: MRP 7,499/-
  2. BoAt Wave कल: MRP 4,999/-
  3. Airdopes 411 ANC: MRP 5,299/-
  4. Rockerz 235 V2 (Neckband): MRP 2,599/-
  5. Airdopes 138: MRP 2,999/-
  6. Airdopes 141: MRP 2,999/-
  7. Airdopes 161: MRP 2,899/-
  8. Airdopes 181: MRP 3,099/-
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...