Admission Open

नेपाली बजारमा : बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस

काठमाडौं : इम्याजिन मार्केटिङ लिमिटेड भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्डले ‘फ्ल्यागशिप ब्रान्ड’ “boAt” अन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले) आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाडै नेपाली बजारमा ल्याउने जनाएको छ । नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको छ ।

स्क्वायर डायल भएको Wave Pro 47, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तरिय पिक्चर, 500 nits ब्राइटनेस र विशाल दृश्य अनुभव प्रदान गर्दछ । यसको नवीनतम boAt ASAP चार्ज टेक्नोलोजीको सात दिनसम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज गर्दछ ।

Wave Pro 47 मा भएको IP67 ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ, जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । देशभर उपलब्ध Wave Pro 47 को मूल्य ६ हजार ४९९ रहेको छ । यस कम्पनीले BoAt को सबैभन्दा नयाँ संस्करणको boAt Xtend Sport स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् ।

यसमा ७०० प्लस सक्रिय मोडहरू रहेका छन्, जसले तपाईंको निद्राको गतिविधिदेखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यो स्मार्टवाच स्पोर्टी १.६९ एचडी डिस्प्लेको साथ आउँदछ, जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा १०० प्लस फेस अप्सन छन्, जसले तपाईंको भाइबलाई तपाईंको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । Xtend Sport नेपालको सबै रिटेल आउटलेटमा ६ हजार ४९९ मूल्यमा उपलब्ध छ ।

यस कम्पनीले नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड- Rockerz 330 / Rockerz 255 Pro Plus पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै दयब्त सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्द छन् । बजारमा यसको मूल्य रु. ३ हजार ३ सय ९९ देखि ३ हजार ४ सय ९९ रहेको छ ।

“विगत केही महिनादेखि हाम्रा उपभोक्ताहरूलाई विभिन्न प्रकारका उत्पादनहरू र विशेष सेवाहरू प्रदान गर्न र सेवाहरू सुधार गर्न हामी लागि परेका छौं । नेपालमा स्मार्टवाचको उच्च मागले हामीलाई BoAt को स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लन्च गर्न सक्षम बनाएको छ,’ टेलिटक प्रा. लि. का कार्यकारी निर्देशक प्रतीक जालानले भने, ‘हामीलाई विश्वास छ, हाम्रा ग्राहकहरूले BoAt को उत्पादनहरुको साथ कम मूल्यमा उत्कृष्ट गुणस्तरको अनुभवको आनन्द पाउनु हुनेछ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...