Admission Open

आजदेखि सुपरमाई हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि खुला

काठमाडौँ, २३ माघ : सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ खुला भएको छ ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय अंकित दरमा ४ लाख १५ हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गरेको हो ।कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी रु ५० करोडको १० प्रतिशतले हुने ५ करोड मूल्य बराबरको कूल ५ लाख कित्ता साधारण सेयरमध्ये ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र १० हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी चार लाख १५ हजार कित्ता सेयरसर्वसाधारणलाई निष्कासन गरेको हो

उक्त कम्पनीले निष्कासन गरेको सेयरमा लगानीकर्ताले छिटोमा यही माघ २६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिने सक्ने कम्पनीले जनाएको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बिबिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...