Admission Open

नेपाल एयरलाइन्सका टिकट अब अनलाइनबाटै काट्न सकिने

काठमाडौ : अब नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने भएको छ । नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको हो । अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत काट्न सक्ने निगमले जानकारी दिएको छ ।
“नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ”, निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ ।

निगमले दुर्गम र विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ ।

“आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट सङ्ख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट सङ्ख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ”, जारी विज्ञप्तिमा भनिएको छ । रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...