काठमाडौँ, २० माघ : पछिल्लो समयमा सुनचाँदीको मूल्यमा एकदमै उतारचढाव भइरहेको छ । बिहीबार सुन तोलामा १ हजार २ सयले बढेर १ लाख ७ हजार ५ सय पुगेर अहिलेसम्मकै नयाँ एतिहासिक रेकर्ड बनाएको थियो ।
साताको अन्तिम कारोबारको दिन शुक्रबार भने सुनचाँदी दुवैको मूल्य घटेको छ । बिहीबार तोलामा १ हजार २ सय रुपैयाँले बढेको सुन शुक्रबार भने तोलामा १ हजार ४ सयले घटेको छ ।
तोलामा १ हजार ४ सय रुपैयाँले घटेसँगै शुुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा ३० रुपैयाँ घटेको छ । तोलामा ३० रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५रुपैयाँमा कारोबार भएको थियो ।