Admission Open

सेयर बजारमा ४.९७ अंकको वृद्धि : काराेबार १ अर्ब ७६ करोड

काठमाडौं : लगातार घटेको सेयर बजार बुधबार भने सामान्य बढेको छ । मंगलबार १४ दशमलव ७० अंकले घटेको सेयरबजार परिसूचक नेप्से मंगलबार भने   ४ दशमलव ९७ अंक बढेको हो । आज नेप्से ४ दशमलव बढेर २ हजार १सय १६ दशमलव ६५ अंक पुगेर बन्द भएको छ ।

आज २६१ कम्पनीका ३६ हजार ८७९ वटा कारोबारबाट ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९ सय १ ६ रुपैयाँ कारोबार भएको छ ।

मंगलबार २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रुपैयाँको सेयर कारोबार भएको छ ।बुधबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ६ करोड घटेको छ । ११० कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने १३ को स्थिर रहृयो ।

कारोबार रकमका आधारमा नेपाल बैंक, रिडी पावर, एनआईसी एसिया बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र स्टान्डर्ड चार्टड बैंक क्रमशः अगाडि रहे ।बैंकिङ ०.६, विकास बैंक ४५, फाइनान्स ९, होटल ५०, जलविद्युत् ३, जीवन बीमा ८८, उत्पादन २८ र निर्जीवन बीमा २० अंक बढे । व्यापार ३, अन्य १ र माइक्रोफाइनान्स उपसमूह १५ अंक घटे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...