Admission Open

आजै प्रतितोला ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

हेर्नुहोस कारोबार कतिमा हुँदैछ ?

काठमाडौँ, १३ माघ : नेपाली बजारमा पछिल्लो समयमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । बिहीबार सुनको मूल्यले अहिलेसम्मकै नयाँ रेकड कायम गरेको थियो । बिहीबार तोलामा ७ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो  ।

शुक्रबार तोलामा १ हजार १ सय रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भई करोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...