Admission Open

सुनको मूल्यमा रेकर्ड ब्रेक : आजको मूल्य प्रतितोला १ लाख ६ हजार ९००

काठमाडौं : आज पनि सुनको मूल्यले नयाँ रेकड कायम गरेको छ । पछिल्लो समयमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ ।बिहीबार छापावाल सुन प्रतितोला ७ सय रुपयाँले बढेको छ । मंगलबार तोलामा १ हजार रुपैयाँले बढेको सुन बुधबार फेरि तोलामा १ सयले घटेको थियो भने बिहीबार पुनः ७ सय रुपयाँले सुनको मूल्य बढेको हाे ।

बिहीबार तोलामा ७ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंले सार्वजनिक गरेको विवरण अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम भई करोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज तोलामा १५ रुपैयाँले बढेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भई कारोबार तोकिएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । अहिले विवाहको सिजन सुरु भएको छ । तर सुनले लगातार नयाँ रेकड कायम गर्दै गएको अवस्थामा आम मानिसले विवाहमा सुनका गहना किन्न हम्मेहम्मे परिरहको छ ।

हुन त सुन अतिआवश्यक समाग्रीमा प्रर्दैन तर पनि नेपाली समाजमा खरबौको कारोबार हुने गर्छ । विवाहको सिजनमा सुनको मूल्य आकासिदै गएपछि आममानिस मर्कामा परेका छन् । विवाहमा विशेष गरी बेहुलीलाई सुनका गहना किनिदिने नेपाली परम्परा रहेको छ तर सुनको मूल्य बढ्दै गएपछि आममानिसलाई एकदमै गाह्रो भएको छ । पछिल्लो समयमा सुनको मूल्य बढेपछि सुन बेच्ने ग्राहको बढ्दो तर सुन किन्ने ग्राहक भने घट्दो रहेको व्यवसायीहरुको भनाई छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...