Admission Open

आजदेखि सुपर मादी हाइड्रोपावरको आइपीओ सर्वसाधारणका बिक्री खुला

काठमाडौं, ९ माघ : सुपर मादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

यसमध्ये १०५ अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ। जसमा ५५ अथवा १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिमा सबै सेयर बिक्री नभएमा माघ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

टिप्पणिहरु
Loading...