Mobile banking

Election Commssion Nepal

भारतीय राजदूतावासको आयोजनमा पशुपति परिसरमा दौड प्रतियोगिता

काठमाडौं : भारतीय राजदूतावास, काठमाडौंले वातावरण मैत्री LiFE (Lifestyle for Environment)को अवधारणालाई प्रवर्द्धन गर्न  “आजादीका अमृत महोत्सव” अन्तर्गत  माघ ७ गते पशुपति मन्दिर परिसरमा ५ किमि लामो दौडको आयोजना सम्पन्न भएकाे छ ।

जलवायु परिवर्तन विरुद्ध व्यक्ति, परिवार तथा समुदायस्तरबाट भएका संयुक्त प्रयास एवम् योगदानलाई प्रवर्द्धन गर्न माननीय प्रधानमन्त्री  नरेन्द्र मोदीले सन् २०२२ अक्टोबरमा संयुक्तराष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको समुपस्थितिमा मिशन लाइफको शुरुवात गरेका हुन् ।

विश्वभरका मानिसलाई सरल एवम् वातावरण मैत्री जीवनशैली अपनाउन प्रोत्साहन गर्नु मिशन लाइफको उद्देश्य रहेको छ ।नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले झण्डा देखाई दौड कार्यक्रमको शुभारभ्भ गरेका  हुन्।

साे दौडमा कलाकार प्रदिप खड्का, पर्वतारोहीद्वय पुर्णिमा श्रेष्ठ र कल्पना महर्जन र नेपालका प्रथम ‘आइरन म्यान’ उपाधी विजेता आलोक खत्री लगायत १००० जनाको सहभागिता रहेको थियो ।

दौड पूरा गर्ने शीर्ष पुरुष तथा महिला धावकलाई मन्त्री किराती र राजदूत श्रीवास्तवले रिसाइकल गरी बनाइएको धातुबाट निर्मित लाइफ पदक तथा विरुवा प्रदान गरि सम्मान गरे । कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालका जनताले वातावरण मैत्री जीवनशैली अपनाई पृथ्वीलाई बचाउने कार्यमा हातेमालो गर्ने विश्वास व्यक्त गरे ।

टिप्पणिहरु
Loading...