Admission Open

आज पनि घट्यो चाँदीको भाउ, सुनको स्थिर

काठमाडौं, ५ माघ : सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार १ लाख ४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्य कायमै भई कारोबार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ नै कायमै भई कारोबार तोकीएको छ ।

यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुुलनामा प्रतितोला २० रुपैयाँले घटेको छ ।

तोलामा २० रुपैयाँले घटेसँगै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...