Admission Open

आर्थिक आवाजका प्रधान सम्पादक सुरेन्द्र पौडेल सम्मानित

काठमाडौं : पत्रकार तथा आर्थिक आवाज डटकमका प्रधान सम्पादक सुरेन्द्र पौडेललाई मन्टेश्वरी तथा प्रि–स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) ले सम्मान गरेको छ ।

हालै सम्पन्न अपेनको दोस्रो केन्द्रीय महाधिवेशनले स्थापना कालदेखि नै बालबालिकाका क्षेत्रमा गरेका विभिन्न क्रियाकलापलाई महत्व दिँदै देशभर पुर्‍याउन सहयोगी मिडियाको भूमिका निर्वाह गरेको भन्दै पत्रकार पौडेललाई सम्मान गरेको हो ।

‘अपेनको स्थापना कालदेखि नै बालबालिकाका क्षेत्रमा हामीले गरेका विभिन्न क्रियाकलापलाई महत्व दिँदै देशभर पु¥याउने काम यहाँले गर्दै आउनुभएको छ,’ अपेनले लेखेको छ, ‘अपेनको सहयोगी मिडियाको भूमिकामा रहेर यहाँले गर्नुभएको अमूल्य सहयोग संस्थाका लागि सदा स्मरणीय रहनेछ ।’

अपेनका अध्यक्ष बद्रीप्रसाद दाहाल र महासचिव कृष्णप्रसाद बोहराद्वारा हस्ताक्षरित सम्मान पत्रमा आगामी दिनहरुमा साझेदारी निरन्तर रहने पनि अपेक्षा गरिएको छ ।

टिप्पणिहरु
Loading...