Admission Open

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुँदै

काठमाडौँ, ४ माघ : यही माघ २० देखि दाङको घोराहीमा खुमबहादुर खड्का स्मृति दोश्रो भलिबल प्रतियोगिता हुने भएको छ ।

दाङका दशवटै पालिकाको सहभागिता रहने यो प्रतियोगिताको आयोजना नेपाली काङ्ग्रेसले दाङले गत वर्षदेखि आयोजना गर्न थालेको हो । सर्वाधिक २ लाख २५ हजार रुपियाँको प्रथम पुरस्कार रहेको भलिबल प्रतियोगितामा द्वित्तिय पुरस्कार १ लाख १२ हजार ५००, तृतिय पुरस्कार ५६ हजार २५० र त्यसपछिको एक स्थानलाई सान्त्वनाका लागि १३ हजार ५ रुपियाँ प्रदान गरिने प्रतियोगिता आयोजक समितिका संयोजक राजु आचार्यले जानकारी दिए ।

प्रतियोगिताको सफल आयोजनाको लागि आयोजक मूल समितिको बैठकले विभिन्न उपसमितिहरू गठन गरेको छ । जसअनुसार खेमराज विकको संयोजकत्वमा सुशीला गुरुङ सदस्य रहेको खेल मैदान तथा मञ्च व्यवस्थापन उपसमिति, तिलक रावतको संयोजकत्वमा दिनेश वली, विक्रम शम्शेर महरा, गोमा गुरुङ र दुर्लभ केसी सदस्य रहेको आवास तथा भोजन व्यवस्थापन समिति, विकास बिसीको संयोजकत्वमा बिर्जा चौधरी र लीला खनाल सदस्य रहेको टिम दर्ता तथा प्रशासनिक कार्य व्यवस्थापन समिति, गदुलाल चौधरीको संयोजकत्वमा तिलक रावत र रेखबहादुर रावत सदस्य रहेको पुरस्कार व्यवस्थापन समिति गठन

गरिएको छ । यस्तै, मुल समितिको बैठकले केदारराज श्रेष्ठ संयोजक अनि शिव श्रेष्ठ र दीपक पुन सदस्य रहेको प्राविधिक व्यवस्थापन समितिका साथै सन्तोष सुवेदीको संयोजकत्वमा सूचना, सञ्चार तथा समन्वय समिति गठन गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...