Admission Open

प्राइम, युनियन र गुराँस लाइफबीच मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर

काठमाडौं : प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेका थिए ।

जसअन्तर्गत तीनवटा कम्पनीको डीडीए सम्पन भई तिन कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितिमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता भएको छ । तीन वटा कम्पनी समान सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी अन्तिम सम्झौता भएको छ ।

मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ रहनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...