Admission Open

‘अर्थतन्त्रको विश्वव्यापी समस्या समाधान गर्न सामूहिक पहल जरुरी’: अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन् ।

‘भ्वाइस अफ साउथ समिट’ अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको संकेत देखिएको र त्यसको सामनाका लागि सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताएका हुन् ।

उनले नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देशबाट स्तरोन्नति हुने बाटोमा रहेको र ‘समृद्ध नेपाल सुखी नेपाली’ को एजेन्डालाई अगाडि बढाउन केन्द्रित रहेको जानकारी दिए।

आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रहरूलाई प्राथमिकता दिएको र दीगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक पाँच खर्ब ८५ अर्ब रुपैयाँ वित्तीय अभाव भएको अर्थमन्त्री पौडेलको भनाइ छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...