Admission Open

ad place

श्रीलंकको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन

काठमाडौं : आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलंकाको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ। सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् ।

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ ।

गत महिना ९२ हजार पर्यटकले श्रीलंका भ्रमण गरेका थिए भने सन् २०२२ मा ६ लाख ७८ हजार तीन सय ९२ जना रमाइलो गर्न अएका थिए ।

कोभिड-१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक संकटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ । रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...