Admission Open

मुक्तककार रेहित सैँजुको मुक्तककृति ‘परावर्तन’ सार्वजनिक

काठमाडौं : लेखक तथा मुक्तककार रेहित सैंजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’ एक समारोहकाबीच सार्वजनिक भएको छ । मुक्तककार सैँजुको जन्मदिनको अवसरमा जिल्ला समन्वय समिति काठमाडौको सभाकक्षमा आयोजित एक कार्यक्रम बिच उक्त मुक्तक सङ्ग्रह सार्वजनिक भएको हो ।

सो कृति कार्यक्रममा उपस्थित सबै पाहुनाहरूका हातबाट सामुहिक रूपमा विमोचन गरिएको थियो ।

‘कल्पतरु’आयोजक रहेको कार्यक्रमको सभापतित्व ‘कल्पतरु’ साहित्यिक द्वैमासिकका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ले गर्नुभएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि ‘मुक्तक सागर’ त्रैमासिकका सम्पादक निशा केसी हुनुहुन्थ्यो भने भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल कार्यक्रमका अतिथि रहनु भएको थियो ।

मुक्तककार सैँजुका २४० मुक्तक समावेश ८० पृष्ठको उक्त कृतिको समीक्षा गर्दै समीक्षक ‘मुमुक्षु’ले गर्नु भएको थियो ।
कार्यक्रमका सभापति, प्रमुखअतिथि तथा अतिथिले मुक्तककार सैँजुले कम उमेरमै गहकिलो कृति प्रकाशित गरेर आफूमा रहेको प्रतिभा प्रदर्शन गरेकोमा हार्दिक बधाई दिँदै लेखनमा अझ परिस्कार ल्याउन शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कृतिकारकी पत्नी अबिका थापा मगरले सैंजुलाई लेखन कार्यमा आफ्नो र परिवारको तर्फबाट सम्पूर्ण सहयोग हुने बताउनुभएको थियो । कार्यक्रममा राजबाबु श्रेष्ठ सागर र विष्णुप्रसाद आचार्यले कृतिभित्रका मुक्तक वाचन गरेका थिए ।

टिप्पणिहरु
Loading...