Admission Open

भरतपुर महानगरद्वारा ७२ छोरीको बीमा

चितवन : भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ । महानगरपालिकाले विसं २०७९ जेठ ११ गतेको निर्णयअनुसार महानगरभित्र जन्मिएका छोरीको बीमा गरेको हो ।

भरतपुर महानगरपालिकाभित्र स्थायी वसोबास गर्ने र स्वास्थ्य संस्थामा जन्म भएका बच्चाको बीमा गरिएको हो । महानगर र राष्ट्रिय बीमा संस्थानको सहकार्यमा उनीहरुको बीमा गरिएको महिला विकास अधिकृत शान्ता पौडेलले जानकारी दिइन्। “बाल उमङ्ग बीमालेख” हस्तान्तरण कार्यक्रमको आयोजना गरी आज छोरीका अभिभावकलाई बिमित प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

महानगरमा परेका १५३ वटा निवेदनमध्ये प्रक्रिया पूरा गरेका उनीहरुलाई पहिलो चरणमा बीमा गरिएको हो । अन्यसमेतको प्रक्रिया पूरा गरी बीमा गरिने सो अवसरमा जानकारी दिइयो । बीमा संस्थानले कात्तिक २ गते बीमा नीति जारी गरेको भए पनि निर्वाचन आचार संहिताका कारण वितरण गर्न बाँकी रहेको थियो ।

बाल उमङ्ग जीवन बीमा कार्यक्रम अन्तर्गत महानगरपालिकाले १५ वर्षका लागि छोरीको प्रिमियर बुझाउने छ। महानगरले प्रिमियम रकम रु ५० हजार बुझाउने छ भने १५ वर्षपछि छोरीहरुले रु एक लाख पाउने छन् ।

बीमित प्रमाणपत्र महानगर प्रमुख रेनु दाहालले छोरीको भु्रण हत्या गर्ने र जन्मदर्ता नगर्ने परिपाटिको अन्त्यका लागि महानगरले यो कार्यक्रम लागू गरेको बताइन्। छोरीले पनि अवसर पाए काम गरेर देखाउन सक्ने भन्दै उनले यो बीमाले छोरीको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

आफू दोस्रोपटक महानगर प्रमुखमा बिजयी भएसँगै पदबहालीका क्रममा आफुले गरेको निर्णय कार्यान्वयनमा आएको भन्दै उनले खुशी व्यक्त गरिन्। कार्यक्रममा भरतपुर महानगरपालिका–१० का वडा अध्यक्ष परमेश्वर खनालले छोरी बीमा कार्यक्रम प्रभावकारी हुने बताइन्। छोरीको महत्व बुझाउन र समाजलाई परिवर्तन गर्न यो कार्य फलदायी बन्ने उनको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...