Admission Open

ad place

मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स कतार-विश्वकप २०२२ को फाइनलमा

मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स फाइनलमा 

काठमाडौँ, २९ मङ्सिर : कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई हराउँदै साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे। खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफको अन्तिममा अर्को गोल गरेको हो । लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि भिडन्तमा आगामी आइतबार अर्जेन्टिनासँग खेल्ने पक्का भएको छ ।

फ्रान्सले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २-१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोलले हराएको थियो ।

अव आगामी आइतबार हुने फाइनल खेल अर्जेन्टिना र फ्रान्स वीच हुनेछ । यी दुबै देशले यसअघि समान दुई-दुई पटक विश्वकप जितिसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...