Admission Open

मोरङको सुन्दरहरैचामा जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मंगलबार एक बृद्वको मृत्यु भएको छ ।

हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणिचोक उत्तर तर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय बृद्व जयप्रसाद बास्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए ।

मृतक बास्तोलासँगै जंगलमा घाँस काट्न उनकी श्रीमती समेत गएको साथै उनले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक बास्तोलाको शव पोष्टमाटमको लागि उर्लाबारी लगिएको प्रहरी जनाएको छ । पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तिले आंतक मच्चाउने गरेको छ । सुन्दरहरैँचाको उत्तर तर्फको जङ्गलमा हात्तिका बच्चासहित २० र २२ को संख्यामा रहेको स्थानीय चिरन भट्टराईले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...