Admission Open

कहाँ छिन् सुकन्या ! 

कविता 

# प्रकाश आचार्य ‘भावुक’
म खाेज्दैछु यौटी म जाेड्ने सुपात्र
र जोसाथ आफै रहूँ एक मात्र ।
बढेको छ चासाे सफा प्रीत लाऊँ
कहाँ छिन् सुकन्या कता खाेज्न जाऊँ ।।१।।
बनोस् दिव्य जोडी जसै रामसीता
रहोस् रीत राम्राे चखेवा शशीका ।
कतै कल्पनामा म ठेगान पाऊँ
कहाँ छिन् सुकन्या कता खाेज्न जाऊँ ।।२।।
अहा ! क्या गृहस्थी भनून् लोक सारा
दिवारात नै चम्किराखून् सितारा।
म राधा र गौरी जपूँ नित्य नाउँ
कहाँ छिन् सुकन्या कता खाेज्न जाऊँ ।।३।।
फुलोस् प्रेम बास्ना छरी यो जिमीमा
लिपी मोहनीले पुर्‍याऊँ तिमीमा ।‍
गरूँ कृष्णलीला रमी हेर्छ गाउँ
कहाँ छिन् सुकन्या कता खाेज्न जाऊँ ।।४।।
बनाेस् विश्वमा यो सदा भव्य राम्राे
सबैमाझ राेजा जमोस् साथ हाम्राे ।
छिटो रत्न यौटी मिली जाेड्न पाऊँ
कहाँ छिन् सुकन्या कता खाेज्न जाऊँ ।।५।।
– दिक्तेल, खोटाङ
टिप्पणिहरु
Loading...