Admission Open

अग्लो लक्ष्य

कविता

  • हेम भावुक

आफ्नै भाग्य कति छ माथ शिरमा खोजेर भेटिन्छ र ?
आआफ्नै ममता छ यो मनभरी मेटेर मेटिन्छ र ?
खाली हात उठाई माग्न ममता मागेर पाईन्छ र ?
लाग्दा दाग नुहाई दर्द मनको धोएर धोईन्छ र ?

आफ्नै मंगल गाउँदै दिनदिनै ध्यानमै पुगौँला कहाँ ?
अर्काको मन पग्लिएर ममता बाँड्नै सकौँला कहाँ ?
आत्माभित्र लुकाई जंजिर छडी भाँचेर भाँचिन्छ र ?
कालो देह पखाल्न निर्मल घडा भरेर भरिन्छ र ?

आत्माभित्र रमेर दिल ऋदयै खुल्ला गरे हुन्छ नि
प्यासै प्यास पिएर निर्मल नदी कोसी भए हुन्छ नि
कालिकोट निधाउँदा बिरहले त्यो काठमाडौँ उठोस
यो खोटाङ सधैँसधैँ विजय भै यो राष्टभक्त बनोस

लक्ष्यै लक्ष्य लिएर उच्चगिरिको ती पाईला चाल्नुछ
प्रेमैप्रेम सुधा दिएर दिलले डुङ्गाभई तार्नुछ
साँचो प्रेम फुलोस् विश्वभरमै थुङ्गा बनी फूलका
कोसी सात मिलीजुली बगिरहुन यो राष्ट नेपालका

– खोटाङ

टिप्पणिहरु
Loading...