Admission Open

ad place

फुटबलका हस्तीहरुलाई हराउँदै जापान विश्वकपको अन्तिम १६ मा

काठमाडौं, १६ मंसिर : स्पेनलाई २-१ गोलअन्तरले हराउँदै जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । जापानले स्पेन र जर्मनी जस्ता फुटबलका हस्तीहरुलाई हराउँदै फिफा विश्वकप फुटबल २०२२ को अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा स्पेनसँगपछि परेको स्थितिलाई उल्टाएर जापानले जित निकालेको हो जसले जापानलाई समूह ई को विजेतासमेत बनायो। समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हराएको जापानले कोष्टारिकासँग भने हार बेहोर्नु परेको थियो ।

 

टिप्पणिहरु
Loading...