Admission Open

सेयर बजार परिसूचक (नेप्से) सात दशमलव १३ अंकले घट्यो

[ निर्वाचन पछि खुलेको सेयर बजारमा देखिएन उत्साह ! ]

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा चुनाव पछि खुलेको सेयर बजार परिसूचक (नेप्से) मा उत्साह देखिएको छैन् । निर्वाचन सकिएर चुनावी नतिजाको प्रतिक्षामा रहेको अवस्थामा सेयर बजार भने घटेको हो।

चुनाव पछिको पहिलो दिन आज नेप्से सात दशमलव १३ अंकले घटेर १९ सय २९ दशमलव ७० अंकमा झरेको छ। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले घटेर तीन सय ७९ दशमलव ५९ अंकमा झरेको छ ।

आज दुई सय २८ वटा कम्पनीहरुको २४ हजार दुई सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार आठ सय ३६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३२ करोडको कारोबार भएको छ ।

नेप्सेमा मंगलबार १३ वटा समूहहरुको कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव २६ अंंकले बढेर १३ सय ५९ दशमलव १८ अंकमा पुगेको छ । जीवन बीमा समूहको सूचक दुई दशमलव ३६ अंकले बढेर नौ हजार ७९ दशमलव ४० अंकमा पुगेको छ।

त्यस्तै, विकास बैंक समूहको सूचक भने ४९ दशमलव ९५ अंकले घटेर तीन हजार चार सय १२ दशमलव ६० अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि १४ दशमलव पाँच अंकले घटेर दुई हजार १५ दशमलव २० अंकमा झरेको छ।

निर्जिवन बीमा समूहको सूचक २५ दशमलव १६ अंकले घटेर सात हजार ६ सय ५० दशमलव ८२ अंकमा झरेकोमा फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक घटेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...