Admission Open

ललितपुर–३ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वाेच्चको आदेश

हेर्नुहोस् पूर्ण पाठसहित :

काठमाडौँ, २८ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुर- ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कामय रहने भएको छ ।

उनको उम्मेदवारीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वाेच्च अदालतले उनको उम्मेदवारी कायम रहने आदेश दिएको हो । उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले  कार्कीको उम्मेदवारी निरन्तरता राख्न आदेश दिएको हो ।

यसअघि सर्वाेच्चले उनको उम्मेदवारी कायम राख्न अल्पकालीन आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पनि आयोगले सर्वाेच्चमा निवेदन दिएको थियो । तर, सर्वाेच्चले डा कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको हो ।

मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।

त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो । कार्कीको क्षेत्रमा  सत्ता गठबन्धनकी पम्फा भुसाल र एमालेबाट अमृत खड्का पनि प्रतिस्पर्धामा छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...