Cocacola

Election Commssion Nepal

कोका-कोलाको फिफा वर्ल्डकप क्याम्पेन “ड्रिन्क-बिलिभ- विन” शुरु

[ २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिने ]

काठमाडौं : फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा कोका-कोलाले आफ्ना फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ ।

“ड्रिन्क-बिलिभ-विन” नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन् ।

यस क्याम्पेनमा सहभागि हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वर्ल्डकप लेबलमा भएको QR कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ । त्यस्तै, कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ अथवा वेबसाइटमा गएर आवश्यक जानकारी प्रदान गरेर पनि यस क्याम्पेनमा सहभागि हुन सकिनेछ ।

कार्तिक १५ बाट शुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ । यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । यसको बारेमा विस्तृत शर्त तथा जानकारीहरू कम्पनीको वेबसाइटमा गएर हेर्न सकिनेछ । पुरस्कार दाबी गर्नको लागि आफुसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...