Cocacola

Election Commssion Nepal

मौलिक नौमती बाजामा ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ : नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नौमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जिवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ । दिपक खड्काको शव्द तथा राजु ढुङगेको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ ।

आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी दिनमा सफल जिवन जिउने आशाका साथ माइती घरबाट विदा भएकी चेली विचको प्रसङ्गलाई गीतमा समेटिएको छ । करण चैसिरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको निर्देशन तथा नृत्य निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा रिना थापा मगर , याम गुरुङ, प्रवेश थापा र आसरिना न्यौपानेको नृत्य देख्न सकिन्छ ।

टिप्पणिहरु
Loading...